E - Passport घुम्ति सेवा २०२३
Sat, Apr 01
|Warszawa
पासपोर्टको म्याद सकिएको, हराएको तथा चोरी भएको हरुले नयाँ पासपोर्टको लागि apply गर्न सक्नु हुन्छ। जसको लागि अप्रिल १,२,३ तारिक दिइएको ठेगाना मा आउन सक्नु हुनेछ। नोट: पासपोर्ट renewal को लागि १२० युरो Embassy को खातामा मार्च २६ तारिक सम्म पठाई सकेको हुनु पर्नेछ अन्यथा हजुरको रजिष्ट्रेशन रद्द हुनेछ।


Time & Location
Apr 01, 2023, 10:00 AM GMT+2 – Apr 03, 2023, 5:00 PM GMT+2
Warszawa, Polna 13, 00-635 Warszawa, Poland
Guests
About the Event
सम्पुर्ण पोल्याण्डबासी नेपाली दाजुभाई तथा दिदिबहिनीमा नमस्कार 🙏
जर्मन, बर्लिन स्थित नेपाली राजदुतावाससंगको सहकार्यमा आगामी अप्रिल १-२-३ तारीकका दिन वर्सा पोल्याण्डमा ३१ मार्च २०२४ सम्म म्याद भएको राहदानी नविकरण तथा नयाँ राहदानी ( E-passport ) जारी गर्नका लागि घुम्ती सेवा संचालन हुने भएको छ।
अत: माथि उल्लेखित मितिसम्म आफ्नो राहदानीको म्याद सकिने भएका र नयाँ राहदानी जारी गर्नुपर्ने आवस्थाका सम्पुर्ण पोल्याण्डबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सम्पर्क गर्नका लागि अनुरोध प्राप्त भएको छ। उक्त कार्यको लागि Berlin बाट यहाँ आएर सेवा दिन लाग्नुभएकोमा दुताबास परिवार प्रति हार्दिक आभार ब्यक्त गर्दछौं. तपाईंको नविकरण/ नयाँ बनाउने e-passport को लागि भर्नुपर्ने व्यक्तिगत विवरण, पृष्ठ अनुसार लाग्ने शुल्क, आवस्यक कागजात सम्बन्धी जानकारीको लागि तल दिएको लिंक मा visit गर्नुहोला। कृपया छिटो भन्दा छिटो online form भर्नुहुन र online banking द्वारा दस्तूर रकम तिर्नुहुन अनुरोध गर्दछौं । सम्बन्धीत सबै जानकारी र online form को लागि लागि तल दिइएको वेबसाइटमा click गर्नुहोस ।
https://de.nepalembassy.gov.np/passport/
Online form filling,…
Tickets
E - Passport घुम्ति सेवा २०२३
E - Passport घुम्ति सेवा २०२३ by Embassy of Nepal, Berlin. Supported by NRNA Poland and Hon. Counselor of Nepal to Warsaw Poland.
PLN 0.00
Sale ended



