top of page

नयाँ वर्ष २०८२: सांगीतिक साँझ तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न

| अप्रिल २०२५

NRNA पोल्याण्ड र गुल्मी समाज पोल्याण्डको संयुक्त आयोजनामा तथा INAS पोल्याण्डको सह–आयोजनामा, नयाँ वर्ष २०८२ को पावन अवसरमा एक भव्य सांगीतिक साँझ तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम २० अप्रिल २०२५, आइतबार का दिन आयोजित गरिएको थियो, जसमा चर्चित लोक गायक पशुपति शर्माको विशेष प्रस्तुति सबैको आकर्षणको केन्द्र बन्यो। साथै, स्थानीय कलाकारहरूको धमाकेदार प्रस्तुति, रमाइलो माहोल र विविध सांस्कृतिक गतिविधिहरूले यो कार्यक्रम अझै विशेष र स्मरणीय बनायो।

कार्यक्रममा NRNA पोल्याण्डका उपाध्यक्ष श्री कुल बहादुर श्रेष्ठको सभापतित्वमा, नेपालका लागि पोल्याण्डमा अवैतनिक महावाणिज्यदूत तथा संस्थापक अध्यक्ष श्री बोधराज सुवेदी प्रमुख अतिथि रहनुभएको थियो। साथै, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

📸 कार्यक्रमका झलकहरू:

तल फोटोहरूमा उक्त साँझका रमाइला क्षणहरू अवलोकन गर्न सक्नुहुन्छ।




 
 
 

Recent Posts

See All

Commenti


  • Facebook
  • Twitter
  • YouTube
  • Instagram

NRNA POLAND

Non Residence Nepalese Association Poland.

NIP: 8842707767

REGION: 021143045

Email: nrnapoland@gmail.com

Phone: 794 711 602

Registered KRS: 0000331895

गैर आवाशीय नेपाली संघ पोल्याण्ड, पोल्याण्डबाशि नेपालीको हकहित र भाईचाराको सम्बन्ध बिस्तार बिस्तार गर्दै रास्ट्र निर्माणमा टेवा पुर्याउने पोल्याण्डमा रजिस्टर भएको एक मात्र नेपालीको साझा सस्था !

Get Monthly Updates

Thanks for submitting!

Office: Ul. Solidarnosci 93, 00-144 Warszawa, Poland

Office Hour: 12:00-16:00

Tel: +48794711602

© 2022 by NRNA Poland. Proudly created with Godigital |  Terms of Use  |  Privacy Policy

bottom of page