top of page

पोल्याण्डमा नेपाली दूतावास खोल्ने प्रकृयाको गैर आवशिय नेपाली संघ पोल्याण्ड द्वारा स्वागत

बिभिन्न देशरुमा राजदूतावास खोल्ने प्रकृया अगाडि बढाआउने क्रममा पोल्याण्ड पनि सम्भावित दुताबास खोल्न उपयुक्त देश भएको कारण यसलाई NRNA पोल्याण्ड ले पनि स्वागत गरेको छ।

अध्यक्ष नरेश सापकोटा र महासचिव पवन खड्का द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा दूतावास स्थापना गर्ने सम्बन्धि मन्त्रिपरिषदबाट चाँडो निर्णय गरी कार्यान्वयन गर्नका लागि माग गर्दे दूतावास स्थापनाले मजबुत कुटनीतिक संरचनामार्फत पोल्याण्ड र नेपालको द्विपक्षीय कुटनीतिक सम्बन्ध घनिष्ट, मैत्रीपूर्ण एवं बहुआयामिक हुने विश्वास गरिएको छ।

गत भदौ २५ र २६ गते काठमाडौँमा ‘श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका’ विषयमा प्रधानमन्त्रीसहितको बैठक पछि सरकारले पोर्चुगल, पोल्याण्ड, रोमानिया, माल्टा, साईप्रस, क्रोएशिया, माल्दिभ्स, टर्की लगायतका मुलुकमा ड्राई पोस्टिङमार्फत दूतावास स्थापना गर्ने प्रकृया अघि बढाएको हो।

press release NRN
.pdf
Download PDF • 352KB



75 views0 comments
  • Facebook
  • Twitter
  • YouTube
  • Instagram
bottom of page