top of page

पोल्याण्ड मा न्यूनतम ज्याला २०२४

Writer's picture: NRNA PolandNRNA Poland

केन्द्रीय तथ्याङ्क कार्यालयको तथ्यांक अनुसार पोल्याण्डमा १५ लाख कर्मचारीले न्यूनतम ज्याला पाउदै आएका छन् । यो पोल्याण्ड भरिकै कर्मचारीहरूको लगभग १३ % हो। अन्य युरोपेली संघ देशहरूको डाटा हेर्ने हो भने , यो सूचक एकदम उच्च छ। Eurofound का अनुसार, पोल्याण्ड मा कार्यरत प्रत्येक दशौं कर्मचारीले औसतमा न्यूनतम ज्याला पाउने गर्दछन ।

न्यूनतम पारिश्रमिक २०२४ - कर्मचारीहरूको लागि कति शुद्ध रकम (net amount )?

नियममा उल्लेख गरिएको न्यूनतम ज्याला रकम सकल रकम (gross amounts) हो। जनवरी २०२४ देखि कर्मचारीहरूको खातामा हस्तान्तरण गरिने भुक्तानीको वास्तविक रकम निर्धारण गर्न, अनिवार्य सामाजिक र स्वास्थ्य बीमा योगदानहरू कटौती गर्नुपर्छ। त्यसोभए २०२४ मा न्यूनतम तलब कति हुनेछ?

न्यूनतम तलब - कुल र शुद्ध (gross and net ) रकम बीचको भिन्नता

न्यूनतम ज्याला सामान्यतया सकल (gross) रकमको रूपमा दिइन्छ। यद्यपि, अधिकांश कर्मचारीहरू मुख्य रूपमा प्राप्त हुने शुद्ध रकममा (net amount ) रुचि राख्छन्। यसलाई बुझ्ने सजिलो उपाए तल दिएको छ :



* २०२४ मा, न्यूनतम ज्याला बढ्दै छ, बढ्ने रकम जनवरी १ , २०२४ देखि PLN ४२४२ (लगभग PLN ३२२१,९८ नेट, हातमा पर्ने रकम ) र जुलाई १ , २०२४ देखि PLN ४३०० (लगभग PLN ३२६१,५३ नेट, हातमा पर्ने रकम ) सम्म हुनेछ।

* २०२३ मा, न्यूनतम सकल पारिश्रमिक जनवरी १ देखि PLN ३४९० (२७०९,४९ नेट, हातमा पर्ने रकम) थियो र जुलाई १ देखि PLN ३६०० (PLN २७८३,८६ नेट, हातमा पर्ने रकम) थियो ।

*२०२२ मा, न्यूनतम सकल पारिश्रमिक PLN ३०१० हो, शुद्ध रकम PLN २२०९,५६ थियो ।

*२०२१ मा, न्यूनतम सकल पारिश्रमिक PLN २८०० हो, शुद्ध रकम PLN २०१७,६७ थियो ।

सकल रकम बाट कटौती भएर सुद्ध रकम कसरि हुन्छ भन्ने कुरा को तल तालिका बाट प्रस्ट हुन सकिन्छ



न्यूनतम शुद्ध घण्टाको दर (net amount ) कति थियो र कति हुने छ २०२४ मा ?

* २०२४ को , जनवरी १ देखि PLN २७,७० (लगभग PLN २५ नेट, हात मा पर्ने रकम ) र जुलाई १ , २०२४ बाट PLN २८,१० (लगभग PLN २६ नेट, हात मा पर्ने रकम ) न्यूनतम घण्टाको दर हुने छ ।

* २०२३ को , जनवरी १ देखि PLN २२,८० (लगभग PLN २० नेट , हातमा पर्ने रकम ) र जुलाई १ , २०२३ बाट PLN २३,५० (लगभग PLN २१ नेट, हात मा पर्ने रकम ) न्यूनतम घण्टाको दर थियो।

* २०२२ मा , PLN १९,७० को न्यूनतम रकम थियो जुन हातमा पर्ने रकमको दर PLN १७ नेटमा परिवर्तन हुन्छ,

* २०२१ मा, PLN १८,३० को न्यूनतम रकम थियो जुन हातमा पर्ने PLN १२ नेटमा परिवर्तन हुन्छ।

नया ज्यालादर नियम जनवरी १, २०२४ बाटै लागू हुनेछ।

*ध्यानाकर्षण : प्रत्येक कर्मचारीको लागि न्यूनतम पारिश्रमिकको सही शुद्ध रकम फरक- फरक हुन् सक्छ। यसमा धेरै कारकहरूमा निर्भर गर्दछ, जसमा: कार्यस्थलमा PIT-2 घोषणा पेश गर्ने, निवास स्थान बाहिर काम गर्ने जस्ता कुराहरु पर्दछ।


241 views0 comments

Comments


  • Facebook
  • Twitter
  • YouTube
  • Instagram

NRNA POLAND

Non Residence Nepalese Association Poland.

NIP: 8842707767

REGION: 021143045

Email: nrnapoland@gmail.com

Phone: 794 711 602

Registered KRS: 0000331895

गैर आवाशीय नेपाली संघ पोल्याण्ड, पोल्याण्डबाशि नेपालीको हकहित र भाईचाराको सम्बन्ध बिस्तार बिस्तार गर्दै रास्ट्र निर्माणमा टेवा पुर्याउने पोल्याण्डमा रजिस्टर भएको एक मात्र नेपालीको साझा सस्था !

Get Monthly Updates

Thanks for submitting!

Office: Ul. Solidarnosci 93, 00-144 Warszawa, Poland

Office Hour: 12:00-16:00

Tel: +48794711602

© 2022 by NRNA Poland. Proudly created with Godigital |  Terms of Use  |  Privacy Policy

bottom of page