हार्दिक आभार तथा धन्यबाद !!! रसिया युक्रेनको युद्ध मानव इतिहासमा कालो अक्षरले लेखीने छ। यस युद्दबाट हजारौ निर्दोष युक्रेनी बालबालिका तथा नगरिकले आफ्नो अमुल्य जीवन गुमाए भने लाखौ बालबालिका तथा नागरिकहरुले आफ्नो देश छोड्न बाध्य भए । यस द्वन्दबाट लाखौ खर्च गरेर अध्यान तथा रोजगारको सिलसिलामा युक्रेन आइपुगेका तथा त्यहि लामो समय देखि विभिन्न व्यबसाय गरेर बसेका नेपालीहरु पनि प्रतक्ष्य प्रभावित हुनु पर्यो।
रसिया युक्रेनको युद्ध बाट प्रभावित युक्रेन बाट विस्थापित भै आफ्नो जीवन रक्षाका लागी ५८८ जना नेपाली दाजुभाइ तथा दिदि बहिनिहरु युक्रेनसँग सिमा जोडिएका छिमेकी देशहरु विस्थापित हुनु पर्यो यसै क्रममा पोल्याण्ड मा मात्रै ४७२ जना अत्यन्तै कहाली लाग्दो यात्रा तय गर्दै आउनु भयो । युद्द सुरु दिनमा नै NRNA Poland ले आपतकालीन वैठक राखी सस्थाका सरक्षक, पुर्व अध्यक्ष तथा ICC सदस्य श्री गोपाल राई ज्युको संयोजकत्वमा एक उप-समिति बनाएर युक्रेन बाट विस्तापित भएर पोल्याण्ड आउनुहुने नेपालीहरुलाई के-कसरी सहयोग , उद्दार तथा राहत गर्न सकिन्छ भनेर आफ्नो कार्यलाई सुरुको दिनदेखि नै गम्भिर्रता साथ लियौ र नेपालीहरुको जीवन रक्षाको लागि सुरक्षित रूपमा पोल्याण्ड भित्र्याउन, बस्न अनि खानाको ब्यवस्थापन गर्न सस्थाको कोषबाट १०,००० zł राखी फण्ड जम्मा गरी अन्य सहयोगी मनहरुलाई सहयोग पनि अपिल गर्यौ। हाम्रो अपिल लाई स्वीकार्दै लोक कल्याणकारी संस्था लक्जेम्बर्ग ले तत्कालै सहयोग रकम INAS Poland कि अध्यक्ष तथा समाज सेवी श्रीमती रिता न्यौपाने मार्फत सस्थाको खातामा जम्मा गर्नुका साथै लोक कल्याणकारी संस्था लक्जेम्बर्ग का संस्थापक रामकान्त शर्मा स्वयम अवस्ठा बुझ्न पोल्याण्ड आउनुभएको थियो। एनआरएनए राज्य समन्वय परिषद परिषद स्कटल्याडले सस्थाका अध्यक्ष्य श्री काशिराम भण्डारी स्वयम् पोल्याण्ड आउनुभएर सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो यसका साथै एनआरएनए एनसीसी यूकेले पनि हामीलाई आर्थिक तथा नैतिकरुपमा ठुलो सहयोग गर्नु भएको छ । यसरीनै पोल्याण्डमा क्रियाशिल रहेका संघ संस्थाहरु इनास पोल्यान्ड, प्रवासी मञ्च पोल्यान्ड, जनसम्पर्क समिति पोल्यान्ड, गुल्मी समाज पोल्यान्ड, नेपाली व्यवसायी संघ पोल्याण्डको भूमिका अत्यन्तै महत्वपुर्ण रह्यो। विशेष गरेर नेपाली राजदुतावास जर्मनीको साथ र समन्वयले यो अकल्पनीय मानविय संकटको घडिलाइ पार लगाउन सक्यौ । यसका लागि महामहिम राजदुत श्री रामकाजी खड्का ज्युले गर्नु भएको योगदानको मुल्यांङ्कन राज्यले गर्ने छ भन्ने विश्वास लिएका छौ। संकट व्यबस्थापन को लागि तत्कालिन उपाध्यक्ष डा. श्री बद्रि के सी ज्यु ( रसिया ) महामहिम कन्सुलर श्री नवराज पोख्रेल ( रोमानिया ), श्री सुरेन्द्र श्रेष्ठ ( हगेरी ) प्रमुख सरक्षक डा. श्री बोधराज सुबेदी ( पोल्याण्ड ), डा. श्री चिरिन्जीवी खड्का ( चेक रिपब्लिक) लागाएत सम्पुण अग्रज तथा सहकर्मीहरुले दिनुभएको साथ, सल्लाह, सहयोग तथा अनुभवले हामीलाई सधै हौसला प्रदान गरिरह्यो।
युद्द सुरु भएको पछिल्लो दिनमै युक्रेन पोल्याण्डको सिमानामा पुगेर तत्कालिन अवस्थाको बारेमा जानकारी गराउनु हुने कार्य समिति सदस्य श्री भाविन गाहा ज्यु र अर्थ समिति सचिव श्री इश्वर देवकोटा ज्यु प्रति आभार व्यक्त गर्दछौ । त्यसरीनै सिमा सम्म पुगेर अहोरात्र खाटिनु भएका सस्थाका सरक्षक श्री गोपाल राई र श्री नरेस सापकोटा, सल्लाहकार श्री रामचन्द्र न्यौपाने ,सचिव श्री कुल बहादुर श्रेष्ठ , युवा सयोजक श्री बिबेक पौड्याल स्वयम सेवक श्री सविन घिमिरे, श्री निश्चल सुबेदी , श्री विक्रम लामिछाने, जर्मनी तथा चेक रिपब्लिकबाट नेपालीहरु को दु:ख मा साथ दिन सिमानामा नै आएर आफै खटिनु भएका महामहिम राजदुत श्री रामकाजी खड्का ज्यु , श्री सन्तोष भट्टराइ ज्यु, श्री निलब बराल ज्यु, डा. श्री चिरिन्जीवी खड्का ज्यु प्रति पोल्याण्ड बासी सम्पूर्ण नेपालीको तर्फ बाट हार्दिक धन्यबाद व्यक्त गर्दछौ।
युक्रेन पोल्यान्डको सिमानामा लामो समय निकै कष्टपूर्ण यात्रा पुरा गरेर मानसिक तथा सारिरीक रुपमा क्षतविक्ष्यत भै पोल्याण्डको सिमानामा उद्दार गरिएका नेपालीहरुलाई वार्सासम्म पुर्याउन र उहाहरुका लागि न्यानो बास तथा खानाको व्यबस्थापन गर्न कम चुनौति पुर्ण थिएन , यस प्रकारको कार्यको लागि न हाम्रो अनुभव थियो न पुर्वअनुमान नै तर पनि छोटो समयमा नै सम्पुर्ण तैयारी दिन रात थकान निन्द्रा नभनी पुरा गर्यौ। यस कार्यमा Buddhist Center Benchen Kamtsang , Gazeta Wyborcza , Fundacja Inna Przestrzeń , Teatr Powszechny im. Zygmunta Hübnera , Hotel Arche Poloneza , Hindu Bhavan Temple , Dormitory No. 2 Medical University , Mandala Restaurant, India Gate Restaurant , Himalayan Yeti Restaurant, Gorzki Melon Restaurant , Mango Curry Restaurant, Vintuna Kuchnia Tajska लगायत बिभिन्न सामाजिक संस्थाहरु तथा व्यासायी समूहहरुले पुर्याउनु भएको सहयोग प्रति सस्थागत तथा सम्पूर्ण नेपालीहरुको तर्फबाट हार्दिक धन्यबाद तथा कृतज्ञ व्यक्त गर्दछौ। बार्साका विभिन्न स्थानमा उद्दार पश्चात सिमानाबाट आउनु भएका दिदीबहिनी तथा दाजुभाईहरुको व्यावस्थापन मा खटिनु हुने वरिष्ठ उपाध्यक्ष श्री प्रकाश तिवारी, कार्य समिति सदस्य श्री विदुर शर्मा, श्री विक्रम महर्जन तथा स्वयं सेवक श्री बिबश ह्याङ्ग राई , श्री श्याम जोशी , श्री सुमन थपलिया , श्री प्रभाकर अधिकारी , श्री राजेश कुवर ,श्री रामनारायण चौधरी , श्री मनोज भट्ट, श्री मधु सापकोटा,श्री सुलभ लामा , श्री गौरव तिमल्सिना, श्री डम्बर गुरुङ्ग, श्री कृष्ण राई, श्री उत्तम उप्रेती, श्री ईश्वर श्रेष्ठ तथा व्यक्तिगत रुपमा आफ्नै घरमा खाना तथा आवासको व्यस्थापन गर्नु हुने Mrs. Lidii czerkawskiej , Mrs Rita Neupane , Mrs. Khem Subedi ज्यु र यी सवै व्यबस्थापनमा निकै जिम्बेवार भूमिका निर्बाह गर्नु भएकी सस्थाको महिला सयोजक श्री गंगा पौड्याल ज्यु प्रति बिशेष धन्यबाद व्यक्त गर्दछौ। संकट व्यबस्थापनको लागि संस्थाका संरक्ष, पुर्व अध्यक्ष तथा ICC सदस्य गोपाल राई ज्युको संयोजकत्वमा गठन गरिएको समितिका संयोजक ज्यु लगाएत समितिका सदस्य तथा निवर्तमान अध्यक्ष श्री नरेस सापकोटा , श्री कबिन सुबेदी , श्री अनिल थापा, श्री आन्नद घिमिरे , श्री भिम बहादुर खड्का ज्युले यस्तो कठिन परिस्थितिमा मानवीय सेवाको लागि पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दछौ। यस्तो मानविय सकटको समयमा विश्व भरि बाट फोन तथा म्यासेजको माध्यम मार्फत साथ दिनुहुने सम्पुर्ण गैर आवासीय नेपाली समुदाय , पत्रकार , समाज सेवी लगायत सम्पुणमा हार्दिक धन्यबाद। तपाइँहरुसंगको सहकार्य अनि सहयोग को हामी ह्रदय खोलेर प्रशंशा गर्दछौ। भोलिका दिनहरूमा आउन सक्ने यस्ता खालका कठिन परिस्थितिहरुमा पनि पोल्यान्ड लागायत बिश्वभरि छरिएका गैर आवाशीय नेपालीहरुको साथ सहयोगले जस्तो सुकै कठिन परिस्थतिको सामना गर्न सक्दो रहेछौ भन्ने एउटा उदाहरण बन्नेछ र यस कार्यले गैर आवाशीय नेपाली संघको गरीमालाई अझै उच्च बनाएको छ भन्ने विश्वास लिएका छौ ।
र अन्तमा यस मानविय कार्यमा संस्थागत रुपमा भएको आर्थिक हिसाव किताब सार्वजानिक गरेका छौ । प्राप्त भएको सहयोगबाट बाँकी रहेको रकम संस्थाको आपत्कालिन कोषमा रकमन्तरण गरिने छ र आगामी दिनमा नेपाल तथा विदेशमा आइपर्ने यी र यस्तै प्रकृतिका मानविय कामकालागि यसको प्रयोग गरिने छ। धन्यबाद आजैको मिति देखि संस्थाले सुरुगरेको fundraising कार्यलाई अन्त गरिएको पनि सम्पूर्णमा जानकारी गराउदछौ। धन्यवाद जीवन के सी पवन खडका अध्यक्ष महासचिव गैर आवसिय नेपाली संघ पोल्याण्ड
Comments