𝗔𝗸𝘁𝘆𝘄𝗻𝘆 𝗿𝗼𝗱𝘇𝗶𝗰 - 𝗔𝗰𝘁𝗶𝘃𝗲 𝗣𝗮𝗿𝗲𝗻𝘁𝘀
- NRNA Poland

- Mar 19, 2025
- 2 min read
पोल्याण्डमा 'Aktywny Rodzic' कार्यक्रम 2024 मा लागू गरिएको हो जसको उद्देश्य अभिभावकहरूलाई कार्यस्थलमा पुन: फर्कन सहयोग गर्नु हो। यस कार्यक्रम अन्तर्गत तीन प्रकारका आर्थिक सहायता योजनाहरू छन्, जसले साना बालबालिका भएका अभिभावकलाई वित्तीय सहयोग प्रदान गर्दछ। यस कार्यक्रममा परिवारले मासिक PLN 1,500 सम्म प्राप्त गर्न सक्छ, र यदि बच्चा अपांगता (disability) भएको छ भने, सहायता रकम PLN 1,900 सम्म पुग्न सक्छ। नेपाली समुदायहरु ले पनि यो कार्यक्रम बाट लाभान्वित हुन सक्नुहुन्छ।
यस कार्यक्रम अन्तर्गत तीन प्रकारका सहायता उपलब्ध छन्:
१. "Aktywni rodzice w pracy” (काममा फर्कने अभिभावक) – श्रम बजारमा फर्किन चाहने अभिभावकहरूको लागि आर्थिक सहायता।
२. "Aktywnie w żłobku” (नर्सरीमा सक्रिय) – बच्चालाई नर्सरी वा अन्य बाल हेरचाह सेवामा राख्नका लागि आर्थिक सहायता।
३. "Aktywnie w domu” (घरमै सक्रिय) – घरमै बच्चाको हेरचाह गर्ने अभिभावकहरूका लागि सहयोग।
यदि तपाईं पोल्याण्डमा कानूनी रूपमा बसोबास गर्दै हुनुहुन्छ र माथिका मापदण्डहरू पूरा गर्नुहुन्छ भने, तपाईंले पनि 'Aktywny Rodzic' कार्यक्रममा आवेदन दिन सक्नुहुन्छ। आवेदन प्रक्रिया १ अक्टोबर २०२४ देखि सुरु भएको छ र यसलाई ZUS मार्फत, इलेक्ट्रोनिक बैंकिङ, ZUS इलेक्ट्रोनिक सेवा प्लेटफर्म (PUE ZUS) वा Empathy पोर्टल मार्फत सजिलै गर्न सकिन्छ । यदि तपाईं 'Active in Nursery' लाभको लागि आवेदन दिनुहुन्छ भने, बच्चा जाने संस्थाको (Nursery ) जानकारी दिनु आवश्यक छ।
अभिभावकहरूले यस कार्यक्रमको लागि आवेदन दिनको लागि कुनै थप कागजातहरू जस्तै रोजगार सम्झौताहरू, संस्थासँगको सम्झौताहरू वा प्रमाणपत्रहरू प्रस्तुत गर्न आवश्यक छैन। केवल आवेदनलाई सही ढंगले भर्नु पर्छ र सबै आवश्यक डाटा ZUS द्वारा जाँच गरिनेछ। यसले आवेदन प्रक्रिया सजिलो बनाउँछ।
तर, अस्थायी बसोबास अनुमति भएको नेपालीहरूका लागि आवश्यक कागजातहरू तयार गर्नुपर्नेछ, जसले पोल्याण्ड भित्र बसोबास गर्दा आफ्ना बालबालिकासँग बसेका छन् भन्ने प्रमाण दिन्छ । यस अवस्थामा, रेसिडेन्ट कार्ड तयार पार्न आवश्यक हुन्छ ।
‘Aktywny Rodzic’ कार्यक्रम अन्तर्गत आवेदन दिनका लागि तलका चरणहरू पालना गर्नुहोस्:
१. आवेदनको माध्यम चयन गर्ने :
- इलेक्ट्रोनिक बैंकिङ: तपाईंले आफ्नो बैंकको वेब पोर्टल प्रयोग गरेर आवेदन दिन सक्नुहुन्छ।
- ZUS इलेक्ट्रोनिक सेवा प्लेटफर्म (PUE ZUS): ZUS को आधिकारिक साइटमा लगइन गरेर आवेदन दिन सकिन्छ।
- Empathy पोर्टल: यस पोर्टलमार्फत पनि आवेदन दिन सकिन्छ।
२. आवेदन फर्म भर्ने :
- आवेदन फर्ममा तपाईंको व्यक्तिगत जानकारी, बच्चाको विवरण र जुन प्रकारको सहायता तपाईं चाहनुहुन्छ (जस्तै, "Aktywnie w żłobku" यदि बच्चा नर्सरीमा जान्छ भने) भर्ने ।
३. साक्षात्कार या प्रमाणपत्र आवश्यक छैन:
- आवेदन गर्दा थप कागजातहरू जस्तै रोजगार सम्झौताहरू, संस्थासँगको सम्झौताहरू वा प्रमाणपत्रहरूको आवश्यकता छैन। सबै आवश्यक डाटा ZUS द्वारा स्वचालित रूपमा जाँच गरिनेछ।
४. नेपाली हरूको लागि आवश्यक कागजात:
यदि तपाईं पोल्याण्डमा अस्थायी बसोबास (trc ) भएको विदेशी नागरिक हुनुहुन्छ भने, तपाईंले आफ्नो निवास कार्ड संलग्न गर्नु पर्नेछ।
५. आवेदन दिने :
आवेदन फारम भरेपछि, तपाईंको जानकारी ZUS द्वारा जाँच गरिनेछ र सोहि अनुसार निर्णय हुनेछ।
यसरी तपाईंले 'Aktywny Rodzic' कार्यक्रममा आवेदन दिन सक्नुहुन्छ र उपयुक्त वित्तीय सहायता प्राप्त पनि गर्न सक्नुहुन्छ।
धन्यवाद!!







Comments