top of page

गैरआवासीय नेपाली संघको प्रधान कार्यालय भवनको शिलान्यास

आज सन् २०१५ मार्च ९ का दिन संघको प्रधान कार्यालय भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री सुशील कोईरालाले एक समारोह वीच शिलान्यास गर्नु भयो । सो शिलान्यास कार्यक्रममा सम्माननीय सभामुख सुवास चन्द्र नेम्वाङ, माननीय वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा, पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, निवर्तमान अध्यक्ष जीवा लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीप जंग पाण्डे तथा संघका पदा धिकारीहरुको सहभागीता रहेको थियो ।