top of page

NRNA पोल्यान्ड कार्यसमिति 2021-2023 को प्रगति विवरण 

आदरणीय पोल्यान्ड वासी बुवाआमा, दाजुभाइ, तथा दिदीबहिनीहरु मा नमस्कार! 

 

19 जुलाई 2021 को अधिवेशन बाट हामी लाई निर्वाचित गरे संगै  यस बिचमा हामीले गरेका मुख्य मुख्य कार्यहरु लाई संक्षिप्त रुपमा राख्न गइरहेका छौ।

 

१. Help Desk को स्थापना 

हरेक संस्था आफैँमा जीवन्त हुदैनन्।संस्था जीवन्त बनाई राख्न  संस्थामा रहेका नेतृत्व कर्तामा निर्भर रहने कुरा पनि हो।हामी आम मानिसका हेरेक समस्याको समाधानको लागि सहकार्य गर्ने प्रतिवद्धता गरे अनुसार 'Help desk' सञ्चालन गर्यौँ।त्यसबाट धेरै सेवाग्राहीले सेवा लिएको र समस्या समाधानको लागि सहज भएको प्रतिकृया सेवाग्राही बाटै पाइएको  थियो।यति मात्रै नभएर विभिन्न समयमा परेका कठिनाइ लाई संस्थाको पेज बाट र प्रतक्ष्य व्यक्तिको उपस्थितिमा सहयोग र समाधान गरेका छौं।

 

२. युक्रेनमा रहेका ४७२ जना नेपालीको सफल उद्दार 

जब हामी निर्वाचित भएर आयौं त्यस बिचमा कोरोना समस्या थियो नै त्यो संगै रसिया- युक्रेन युद्धले विश्व जगत लाई नै ठुलो आर्थिक भार संगै मानविय संकट उत्पन्न गराइ दियो।यो संकट बाट युक्रेनमा रहेका युक्रेनी जनता मात्रै नभएर रोजगारको लागि त्यहाँ रहेका विभिन्न देशका नागरिक लगायत हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी  हरु पनि युक्रेन छोड्न बाध्य हुनु पर्यो।त्यो विषम परिस्थितिमा युक्रेन संग सिमा जोडिएको कारण पोल्यान्ड  सुरक्षित आश्रय लिने प्रमुख देश मध्ये एक हो।

 आकस्मिक रुपमा निम्तिएको यो समस्या लाई पार लगाउन पोल्यान्डमा कृयासिल  संघसंस्था, वौद्धिक व्यक्तित्वहरु र परोपकारी मन भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु  को साथ संगै पोल्यान्ड बाहिर रहेका  विभिन्न संघसंस्थाहरु र NRNA हरु को विशेष सहयोगमा  472 जना नेपाली दाजुभाइ तथा दिदीबहिनी हरु लाई उध्दार गर्न सफल भएका थियौँ।

 

 

 

 

 

 

३. प्रोजेक्ट - Education For All संचालनमा

 त्यसैगरि 'शिक्षाको पहुँच सबैमा'(Education for all)  भन्ने शिर्षकमा चितवन जिल्लाको रत्ननगर नगरपालिका -१५  स्थित श्री विन्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत चेपाङ बालबालिकाको शिक्षाको स्तर उन्नतिको लागि  'charity quiz with Diner ' कार्यक्रम , NRNA पोल्यान्डका क्षेत्रीय उपसमिती, संस्थाका सबै सदस्य र अन्य नेपाली सहयोगी मनहरुको सहयोग मा जम्मा भएको 1 लाख 90 हजार नेपाली रुपैयाँ  30 अपृल 2023 मा संस्थाका उपाध्यक्ष ज्यु मार्फत हस्तान्तरण गरिएको थियो।

 

४. पोल्याण्डमा आकस्मिक रुपमा ज्यान गुमाउनु भएका नेपालीहरुको व्यवस्थापन 

पोल्यान्ड लाई कर्मथलो बनाएका हामी नेपालीले केहि नेपाली दाजुभाइ लाई गुमाउनु परेको दुखद घटना व्यहोर्नु परेको थियो। यसबिचमा अनिस सेर्मा (झापा), धर्मेन्द्र कुमार राजवंशी (झापा )र गोविन्द न्यौपाने (मोरङ) गरि तिन जना व्यक्ति लाई गुमाएका थियौँ।यहाँहरु मध्ये अनिश सेर्मा र धर्मेन्द्र कुमार राजवंशी को पार्थिव शरीर लाई परिवारको आग्रह लाई स्वीकार्दै नेपाल सम्म पठाउन र पठाउदा लाग्ने खर्च समेत NRNA पोल्यान्डको पहलमा विभिन्न संघसंस्था र व्यक्ति बाट संङकलन गरेका थियौँ।गोबिन्द न्यौपानेको पार्थिव शरीर लाई भने परिवारको उपस्थिति मा पोल्यान्डको  sochaczew भन्ने स्थानमा दाहसंस्कार गरिएको थियो। त्यसैगरि  पोखरा घर भएका विकास पराजुली मानसिक रुपमा बिरामी भएकोले यहाँ काम गर्न नसक्ने अवस्था मा 7 दिन सम्म सुधारकेन्द्रमा राखि केहि सहज अबस्था भएपछि नेपाल सम्म पुर्याउन सफल भएका छौँ।

 

५. दशैं तिहार र नयाँ वर्ष कर्यक्रम गरी हाम्रो संस्कृती को माध्यमबाट नेपालीलाई जोड्ने

हामी नेपाली जहाँ गए पनि , रहे पनि हाम्रो संस्कार र संस्कृति संगै रहन्छ नै।हाम्रो संस्कार र संस्कृति लाई बचाई राख्नु पर्छ भन्ने हेतुले परदेशमै भएपनि हाम्रा विशेष चाडहरु दशैँ , तिहार तथा छड त्यसैगरि नयाँ वर्ष को अवसर पारेर नेपाली नेपाली बिचको नाता लाई अझै प्रगाढ बनाइ राख्न विभिन्न समयमा  आयोजना गरेका कार्यक्रम ले निकै महत्वपूर्ण भूमिका खेलेका छन्।यसबिचमा दुइ  'वडादशैँ' कार्यक्रम (2021 र 2022)

 

६. ख्याति प्राप्त कलाकार प्रकाश सपुत र राजेश पायल राई विशेष सांगीतिक कार्यक्रम 

ख्याति प्राप्त राष्टृय कलाकार प्रकाश सपुत र राजेस पायल राई ज्यु को उपस्थितीमा गरिएका कार्यक्रम ले हाम्रो भूगोल , हाम्रो पन र हाम्रो संस्कार लाई जोड्न सफल भएको हाम्रो ठम्याइ छ।

 

७. बर्लिनस्थित नेपाली राजुतावास र अवैतनिक वाणिज्यदूत पोल्यान्डको सहकार्यमा एनआरएनए पोल्यान्डद्वारा पासपोर्ट घुम्ती शिविर सञ्चालन

यसैगरि हामी सबैको लागि अति महत्वपूर्ण कागजात ( Document ) राहदानी ( passport ) को म्याद सकिएका धेरै दाजुभाइ तथा दिदीबहिनी हरुको समस्या लाई मध्यनजर राख्दै गत April महिनाको 1,2 र 3 तारिखमा  वार्सा पोल्यान्डको लागि अवैतनिक वाणिज्य दूत (Honorary consul of Nepal in warsaw poland)  तथा NRNA पोल्यान्डका संस्थापक अध्यक्ष साथै प्रमुख संरक्षक आदरणीय डा. बोधराज सुवेदी ज्यु र NRNA पोल्यान्डको कार्यसमिति को विशेष पहलमा जर्मन स्थित वर्लिन नेपाली दूतावास संग समन्वय गरि वर्षको एकपटक पोल्यान्डमा आउने र म्याद सकिएका राहदानी को पुन: नविकरण गर्ने र पोल्यान्डमा रहेका हरेक नेपाली लाई  राहदानी नविकरणको लागि जर्मन दूतावास मै जान पर्ने बाध्यता लाई अन्त्य गर्ने  निर्णय गरेका थियौँ।सोहि निर्णय बमोजिम उक्त मितिमा 215 जनाको नयाँ इ- पासपोर्टको लागि Biometric लिने कार्य सम्पन्न भएको र हाल पासपोर्ट तैयार भएर आइसकेको छ।यस कार्य बाट पोल्यान्डमा रहेका हामी नेपाली सबै लाई ठुलो राहत मिलेको छ।

राहदानी जस्तो अत्यावश्यक कागजात को समस्या लाई समाधान गर्नको लागि जुन चासो र भूमिका निभाउनु भयो त्यसको लागि जर्मन स्थित नेपाल सरकार का राजदूत महामहिम श्री रामकाजी खड्का ज्यु प्रति पोल्यान्डमा रहेका सम्पूर्ण नेपालीको तर्फ देखि NRNA पोल्यान्ड पुन हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ।

 

अन्त्यमा,  हाम्रो दुइ वर्षको कार्यकाल अत्यन्त प्रभावकारी बनेको हाम्रो ठम्याइ छ।तर वास्तविक मूल्याङ्कन तपाईं हरुको स्वच्छ मन र आँखाले गरोस्।ताकि हामीले गरेका राम्रा कामले थप उर्जा थपोस, नराम्रो काम बाट सच्चिने मौका मिलोस्।

 

एनआरएनए पोल्यान्ड 

(२०२१-२०२३)

  • Facebook
  • Twitter
  • YouTube
  • Instagram

NRNA POLSKA

Nepalskie Stowarzyszenie Non Residence Polska.

NIP: 8842707767

REGION: 021143045

E-mail : nrnapoland@gmail.com

Telefon : 794 711 602

Zarejestrowany w KRS: 0000331895

गैर आवाशीय नेपाली संघ , नेपालीको हकहित !

Otrzymuj comiesięczne aktualizacje

Dziękujemy za przesłanie!

Biuro: Ul. Solidarności 93, 00-144 Warszawa, Polska

Godziny pracy: 12:00-16:00

tel: +48794711602

© 2022 by NRNA Polska. Dumnie stworzony z Godigital |  Warunki korzystania  |  Polityka prywatności

bottom of page