top of page

नेपाल एम्बेसी बर्लिन द्वारा पोल्याण्डमा घुम्ती सेवा सञ्चालन गर्दै

सुचना ! सुचना !! सुचना !!!

सम्पुर्ण पोल्याण्डबासी नेपाली दाजुभाई तथा दिदिबहिनीमा नमस्कार 🙏

जर्मन, बर्लिन स्थित नेपाली राजदुतावाससंगको सहकार्यमा आगामी अप्रिल १-२-३ तारीकका दिन वर्सा पोल्याण्डमा ३१ मार्च २०२४ सम्म म्याद भएको राहदानी नविकरण तथा नयाँ राहदानी ( E-passport ) जारी गर्नका लागि घुम्ती सेवा संचालन हुने भएको छ।

अत: माथि उल्लेखित मितिसम्म आफ्नो राहदानीको म्याद सकिने भएका र नयाँ राहदानी जारी गर्नुपर्ने आवस्थाका सम्पुर्ण पोल्याण्डबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सम्पर्क गर्नका लागि अनुरोध प्राप्त भएको छ। उक्त कार्यको लागि Berlin बाट यहाँ आएर सेवा दिन लाग्नुभएकोमा दुताबास परिवार प्रति हार्दिक आभार ब्यक्त गर्दछौं. तपाईंको नविकरण/ नयाँ बनाउने e-passport को लागि भर्नुपर्ने व्यक्तिगत विवरण, पृष्ठ अनुसार लाग्ने शुल्क, आवस्यक कागजात सम्बन्धी जानकारीको लागि तल दिएको लिंक मा visit गर्नुहोला। कृपया छिटो भन्दा छिटो online form भर्नुहुन र online banking द्वारा दस्तूर रकम तिर्नुहुन अनुरोध गर्दछौं । सम्बन्धीत सबै जानकारी र online form को लागि लागि तल दिइएको वेबसाइटमा click गर्नुहोस ।


Online form filling, payment लगायत कुनै समस्या भएमा हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं । Form भरिसकेपछि हामीलाई जानकारी गराउनु हुन अनुरोध गर्दाछौ। जसले गर्दा हामीलाइ समय व्यवस्थापन गर्न सहज हुने छ।


अन्य थप आवस्यक जानकारी राजदुतावास संग समन्यवन गरी जानकारी गराउदै जानेछौ।

सम्पर्क न : 794 711 602


92 views0 comments

コメント


  • Facebook
  • Twitter
  • YouTube
  • Instagram
bottom of page