top of page

महामहिम राजदूत रमेश प्रसाद खनाल सितको अन्तरकृया कार्यक्रम सप्पन्न

Updated: Feb 1, 2022

पोल्यान्डको एन आर एन एले राखेको नेपाली दूतावास बर्लिन महामहिम राजदूत रमेश प्रसाद खनाल सितको अन्तरकृया कार्यक्रम हिमालय रेस्टुरेन्ट वारसवामा सप्पन्न भएको छ । एन आर एन ए पोल्यान्डको आयोजनामा सप्पन्न उक्त अन्तर्कृया कार्यक्रममा महामहिम राजदूत खनालले आफू र आफ्नो दूतावासले पोल्यान्डको नेपाली समस्यामा सधै नजिकबाट साथ दिएको र अझ सबै अनुकुल मिलेमा वर्षमा मात्र होइन पटक पटक आउन सकिने जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा उपस्थित नेपालीहरूले दूतावासबाट हुने गरेको ढिला सुस्तिबारे गुनासाहरु राखेका थिए । त्यसो त पर्यटन व्यवसायी पोलिशहरु धेरैले नेपाल अत्यन्त रमणीय देश भएको र नेपालको प्राकृतिक दृश्यहरुबाट लोभिएको र नेपाललाई माया गर्ने र आफुले अत्यन्तै मन पराउने बारे जानकारी दिएका थिए ।