top of page

एनआरएनए पोल्यान्डको सदस्यता खुल्यो

गैर आवासीय नेपाली संघ पोल्याण्ड को पंजीकृत सदस्यता खुल्ला गरियको सम्बन्धि सूचना !

पोल्याण्डको विभिन्न भूभागमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाई तथा दिदीबहिनीमा सादर नमस्कार

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोल्याण्डको सदस्यता लिएर "एक पटकको नेपाली सधैको नेपाली" भन्ने अभियानमा एक जुट हुन् हार्दिक अनुरोध गर्दछु।

पहिले झैँ गैर आवासीय नेपाली संघ पोल्याण्डको सदस्यता अनलाईन बाट मात्र भर्ने व्यवस्था भएको हुदा निम्न लिङ्कमा गई सदस्यता आबेदन को लागि अनलाईन बाट भर्नु पर्ने भएकोले एनआरएनए आईसीसी ( NRNA ICC) ले तोकेको मापदण्ड अनुसार आवश्यक जानकारी र कागजात राखेर आबेदनको लागी हार्दिक अनुरोध गर्दछु।

सदस्यता दर्ता गर्दा तपाईंको valid karta pobytu (TRC card)/dowód osobisty/Passport, Email, Phone Number र फोटो अनिवार्य भर्नुपर्ने कुराहरु हुन्। सदस्यता शुल्क वापत 70 pln Bank मार्फत तिर्न सक्नु हुनेछ| एनआरएनए पोल्याण्डको बैंक खाता नम्बर तल उल्लेख गरिएको छ|

Bank Name: Santander bank

Beneficiary: NON-RESIDENT NEPALESE IN POLAND

IBAN (Account No.): 27 1090 2356 0000 0001 1368 0462

Title: NRNA polan Membership (2023-25)

सदस्यता दर्ता गर्ने मिति 20 जुन 2023 सम्म रहेको जानकारी गराउदछू|

रजिष्ट्रेसन गर्नको लागि

कृपया Smart NRNA App , आफ्नो मोबाइलको Play store वा Apple store वटा download गर्नुहोस् र नयाँ account create गर्नोस्

कृपया तलको लिंक मा click गरी जानकारी लिनुहोस्

Please checkout user guide video from this link: https://youtu.be/u5jAoPZEGpc

धन्यवाद,

गैर आवासीय नेपाली संघ, पोल्याण्ड

  • Facebook
  • Twitter
  • YouTube
  • Instagram
bottom of page