top of page

गैर आवासीय नेपाली संघ पोल्याण्ड द्वारा तिन समिति र दुई उप- समिति गठन

गैर आवासीय नेपाली संघ पोल्याण्डले तिन समिति र दुई उप- समिति गठन गरेको छ। यहि जुलाई २० र २६ तारिक बसेको सस्थाको कार्यसमिति बैठकले संरक्षक समिति, सल्लाहकार समिति र अर्थ समिति गठन गरेको छ भने स्वास्थ्य उप- समिति र कानुनि परामर्श उप समिति समेत बनाईएको छ।

सस्थाको संरक्षक समितिको प्रमुख संरक्षकमा डा बोधराज सुबेदी नियुक्त भएका छन् भने गोपाल राई र नरेश सापकोटा लाई पनि उक्त समितिमा मनोनयन गरिएको छ।

मित्रलाल पार्दे प्रमुख सल्लाहकार रहेको सलाहकार समितिमा भिम बहादुर खड्का, राम प्रसाद न्यौपाने , टंक कटुवाल र नारायाण चालिसे सल्लाहकार रहेका छन्।


एनआरएनए अर्थ समिति पोल्याण्डको संयोजकमा आनन्द घिमिरे मनोनित हुदा समितिको सचिवमा इश्वर देवकोटा, सदस्यमा संगीता लामा चयन भएका छन्।

उपसमितिहरुमा स्वास्थ्य उपसमितिको संयोजकमा डा बोधराज सुवेदी र कानुनि परामर्शको संयोजकमा उदय राज गिरि मनोनित भएका हुन्। यी दुई उपसमितिमा अन्य सदस्य मनोनयन गर्ने जिम्मा उप समितिका संयोजकहरुलाई दीइएको छ।

9 views0 comments
  • Facebook
  • Twitter
  • YouTube
  • Instagram
bottom of page