top of page

२०२१-२०२३ को लागि नयाँ कार्यसमिति निर्वाचित

Writer: NRNA PolandNRNA Poland

Updated: Feb 1, 2022

एनआरएनए पोल्याण्डको जुलाई १९ मा भएको निर्वाचनमा अध्यक्षमा जिवन केसी २१९ मत सहित विजयी भएका छन्।अध्यक्षका अर्का उम्मेदवार मित्रलाल पार्देले १२८ मत प्राप्त गरेका छन्।

Image Source: newspntv.com, NRNA Poland Ncc team 2021-2023

डा• उदयदेव आचार्य संयोजक रहेको निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचनको परिणाम अनुसार आइसीसी सदस्यमा गोपाल राईले २३५ मत प्राप्त गरी विजयी भएका छन् भने राईका प्रतिद्वन्दि टोप बहादुर गैरे छेत्रील १११ मत प्राप्त गरेका छन्।त्यसैगरी उपाध्यक्षमा कविन्द्र सुवेदी २२२ मत प्राप्त गरी विजयी भएका छन् भने उपाध्यक्षका अर्का उम्मेदवार भिम परियारले १२३ मत प्राप्त गरेका छन्। यसैगरी महासचिवमा पवन खड्का २०४ मत सहित विजयी भएका छन् भने महासचिवका अर्का उम्मेदवार सुसन परियारले १३१ मत पाउन सफल भएका छन्।

Image Source: newspntv.com, Election day in Warsaw Poland 20 july,2021

यसैगरी कोषाध्यक्षमा अनिल थापाले २२४ मत प्राप्त गरी बिजयी भएका छन् भने कोषाध्यक्षका पराजित उम्मेदवार सुरेन्द्र प्रसाद आचार्यले ११८ मतमा चित्त बुझाउनु पर्यो। भने सचिव पदमा कुलबहादुर श्रेष्ठले २०५ मत प्राप्त गरी विजयी भएका छन् भने सचिव पदका अर्का उम्मेदवार उदय राज गिरीले १४१ मत प्राप्त गरे।


त्यस्तै युवा संयोजकमा विवेक पौडेलले २२७ मत सहित विजयी भएका छन् भने पौडेलका प्रतिस्पर्धी आशिष श्रेष्ठले ११३ मत मात्र प्राप्त गरी पराजित भएका छन्।तिन जना निर्वाचित हुने सदस्यमा भबिन्द्र गाहाले २०४, बिक्रम महर्जनले १८८ तथा भिमलाल उपाध्याय (बिदुर शर्मा ) ले १८८ मत प्राप्त गरी विजयी भएका छन् भने पराजित सदस्यहरु गणेश बोगटीले ११३ ,मुकुन्द हरि चालिसेले ११७ र लाल प्रसाद गिरीले १२४ मत प्राप्त गरेका छन्।प्रथम उपाध्यक्षमा प्रकाश तिवारी र महिला संयोजकमा गंगा पौडेल यस अघि नै सर्वसम्मत निर्वाचित भइसकेका छन्।


४८२ जना रहेका एनआरएनए पोल्याण्ड पञ्जीकृत सदस्य मध्ये ३४९ जनाले मतदान गरेका थिए।



Comments


  • Facebook
  • Twitter
  • YouTube
  • Instagram

NRNA POLAND

Non Residence Nepalese Association Poland.

NIP: 8842707767

REGION: 021143045

Email: nrnapoland@gmail.com

Phone: 794 711 602

Registered KRS: 0000331895

गैर आवाशीय नेपाली संघ पोल्याण्ड, पोल्याण्डबाशि नेपालीको हकहित र भाईचाराको सम्बन्ध बिस्तार बिस्तार गर्दै रास्ट्र निर्माणमा टेवा पुर्याउने पोल्याण्डमा रजिस्टर भएको एक मात्र नेपालीको साझा सस्था !

Get Monthly Updates

Thanks for submitting!

Office: Ul. Solidarnosci 93, 00-144 Warszawa, Poland

Office Hour: 12:00-16:00

Tel: +48794711602

© 2022 by NRNA Poland. Proudly created with Godigital |  Terms of Use  |  Privacy Policy

bottom of page