top of page

महामहिम राजदूतसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सौहार्दरूपमा सम्पन्न

Writer's picture: NRNA PolandNRNA Poland

०८-१२-२०२२- वार्सा, पोल्यान्ड

-आज सम्पन्न भएको महामहिम राजदूतसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सौहार्दरूपमा सम्पन्न भएको छ। यस अवसरमा महामहिम राजदुत रामकाजी खड्का ज्यूले राजदुतावासको तर्फबाट पोल्यान्ड र नेपाल बीचको सम्बन्धलाई नयाँ स्तरमा लैजान काम गरेको बताउनु भयो। आज मात्र पोल्यान्डका राष्ट्रपति लाई भेट गरी ओहोदाको प्रमाणपत्र बुझाइ आउनुभएको हो।

कार्यक्रम मा प्रश्नहरूको जवाफ दिँदै पोल्यान्ड मा रहेका नेपाली हरूको डकुमेन्ट को समस्या समाधानका लागि छिटो भन्दा छिटो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। साथै नेपाल काठमाडौ मा रहेको VFS global बाटै पोल्यान्ड Embassy को कामकाज गर्न पोल्यान्ड सरकारको परराष्ट्र मन्त्रालय र नेपाल सरकारलाई पत्र पठाउने पनि जानकारी गराउनु भएको छ। नेपाल पोल्यान्ड बीच श्रम तथा रोजगार को क्षेत्रमा नयाँ ड्राफ्ट लागि काम भइरहेको पनि जानकारी दिनु भएको छ। कार्यक्रममा एनआरएनए पोल्यान्डका प्रतिनिधि, सामाजिक संस्थाका प्रतिनिधिहरू उपस्थित हुनु हुन्थ्यो भने उहाँहरूले पोल्यान्डमा रहेका नेपालीहरूको समस्या एक एक गरी उठाउनु भएको थियो, जस्तै पासपोर्ट समस्या, बर्लिन बाट डकुमेण्ट झिकाउँदा आउने समस्या, डकुमेण्ट ligalisation, नेपाली समान import export को समस्या लगायत अन्य समस्याहरु उठाउनु भएको थियो। साथै पोल्यान्डका नेपालीहरूको समस्यालाई समाधान गर्न वर्षको कम्तीमा १ पटक घुम्ती सेवा दिन पोल्यान्ड आउने पनि प्रतिबद्धता जनाउनु भएको छ।

यसै अवसरमा वार्सा पोल्यान्डको लागि नियुक्त वाणिज्य राजदूत डा. बोधराज सुवेदी ज्युलाई एनआरएनए पोल्यान्डले बधाई तथा शुभकामना पनि दिएको छ। कार्यक्रममा बोल्दै डा सुवेदीले अब पोल्याण्डमा बस्ने नेपालीहरूको समस्यालाई अझ नजिकबाट नियाल्दै समाधान गर्ने बताउनु भएको छ भने भोलि उहाँको अफिस उदघाटन गर्ने कार्यक्रम पनि राख्नु भएको छ। अब हाम्रो समस्याहरु सिधै बोधराज सुवेदी ज्यूको मार्फत पनि Berlin Embassy सम्म पुर्याउन सकिने छ भने पोल्यान्ड र नेपाल बीचको दौत्य सम्बन्ध लाई नजिक बनाउन उहाँको भूमिका रहने छ।

60 views0 comments

Kommentare


  • Facebook
  • Twitter
  • YouTube
  • Instagram

NRNA POLAND

Non Residence Nepalese Association Poland.

NIP: 8842707767

REGION: 021143045

Email: nrnapoland@gmail.com

Phone: 794 711 602

Registered KRS: 0000331895

गैर आवाशीय नेपाली संघ पोल्याण्ड, पोल्याण्डबाशि नेपालीको हकहित र भाईचाराको सम्बन्ध बिस्तार बिस्तार गर्दै रास्ट्र निर्माणमा टेवा पुर्याउने पोल्याण्डमा रजिस्टर भएको एक मात्र नेपालीको साझा सस्था !

Get Monthly Updates

Thanks for submitting!

Office: Ul. Solidarnosci 93, 00-144 Warszawa, Poland

Office Hour: 12:00-16:00

Tel: +48794711602

© 2022 by NRNA Poland. Proudly created with Godigital |  Terms of Use  |  Privacy Policy

bottom of page