top of page

एनआरएनए पोल्याण्डको सदस्यता कसरी लिने? कस्ले लिन पाउँछ?

Updated: May 19, 2023


एनआरएनए पोल्यान्ड (२०२१-२३) कार्यसमितिको समयावधि सकिन लागेको अवस्थामा एनआरएनए पोल्यान्डलाई अगाडि बढाउन नयाँ कार्यसमिति चयन गर्ने प्रक्रिया चुनावी माध्यमबाट अगाडि बढ्ने छ। जसको लागि अहिलेको कार्यसमितिको बैठकले उपयुक्त महिना (जुनभित्र) दिन र समय तोक्ने छ, जुन कार्यसमितिको पूर्ण बैठकले अनुमोदन गरेपश्चात यसै पेज मार्फत र हाम्रो वेबसाइट मार्फत पनि सूचना प्रकाशन गर्नेछौ। अबको बन्ने नयाँ कार्यसमितिमा बस्न चाहने वा अन्य आफूले चाहेको व्यक्ति बसी सहयोग गरोस् र सस्थालाई अगाडी बढाओस भन्ने चाहनु भएको छ भने अहिले खुलेको सदस्यता लिई भोटिङको लागि तयार हुनुहोस्, स्मरण रहोस: नयाँ सदस्यता नलिनेहुने कुनै पनि व्यक्तिले चुनावमा वा नयाँ कार्यसमिति चयन गर्ने प्रक्रियामा भाग लिन सक्नु हुँदैन, त्यसैले सदस्यता छीटो भन्दा छिटो लिनु होला। यस सदस्यता लिने प्रक्रियालाई सहज बनाउन Smart Nrna एप्लिकेशन ल्याएका छौ। जसबाट सजिलै सदस्यता दर्ता गर्न सक्नुहुन्छ जसको लागि

१. पोल्यान्डको हकमा हजुर पोल्यान्ड आयको ६ महिना पुरा भएको हुनुपर्नेछ। २. पोल्यान्डको trc भएकोले कार्ड upload गर्नु पर्ने हुन्छ र कार्ड नभएको खण्डमा aplly गर्दाको स्ट्याम्प paper upload गर्नू पर्ने हुन्छ यसरी कार्ड प्रोसेस मै रहेकोले पनि aplly गर्न सक्नुहुन्छ। ३. सदस्यता लिनको लागि सदस्यता शुल्क ७० जूलोती तिरेको proof photo ( payment screenshot) upload गर्नु पर्ने हुन्छ जसको लागि हाम्रो बैंक खातामा ७० जूलोति पठाउनुपर्ने हुन्छ वा हजुरलाई pay गर्न सजिलो होस्, भनी सजिलो payment लिंक create गरेका छौ जुन यसप्रकार छ - यहाँ clik गरी २ step मा pay गर्नसक्नु हुन्छ। https://buy.stripe.com/eVabJs6BD3cF5aMaEH


४. अन्य हजुरको personal information रहेको हुन्छ। यसरी भरिसकेपछि एनआरएनए केन्द्र र एनआरएनए पोल्यान्डको टीमले रुजु गरेपछि verify हुनेछ। जसको सूचना हजुरले ईमेल मार्फत पाउनु हुनेछ। -Verify भइसकेपछि Smart Nrna app मा गई 'Profile tab' click गर्नुहोस्, त्यसपछि 'View Card' क्लिक गरी कार्ड हेर्न सक्नुहुन्छ र सोही कार्डको screenshot लिई मोबाइलमा save गर्न सक्नुहुन्छ।


123 views0 comments
  • Facebook
  • Twitter
  • YouTube
  • Instagram
bottom of page