top of page

एनआरएनए पोल्यान्डको छैठौं वार्षिक साधारण सभा सम्पन्न

एनआरएनए पोल्यान्डको छैठौं वार्षिक साधारण सभा नोभेम्बर १९ तारिकका दिन अनलाइन वेव जुमको माध्यमबाट सम्पन्न भएको छ।

दिउँसो १२ बजे बाट सुरु गर्ने भनिएको कार्यक्रम उपस्थिति संख्या कम भएपछि १:१५ बाट सुरु भएको थियो। कार्यक्रम मा ४० जनाको उपस्थिति रहेको थियो। जहाँ एनआरएनए पोल्यान्डका संस्थापक अध्यक्ष देखि अन्य विभिन्न दलका प्रतिनिधि एवम् साधारण सदस्यहरुको उपस्थिति रहेको थियो।


कार्यक्रमको पहिलो चरणमा एनआरएनए पोल्यान्डले प्रगति प्रतिवेदन पेश गरेको थियो जसमा अहिलेसम्म गरेका कार्यहरू प्रस्तुत गर्यो। जसमा सबै जनाले समर्थन जनाउनु भएको थियो भने यी र यस्तै कामहरु गर्दै नेपालीको हितमा अगाडि बढ्ुपर्नेमा जोड दिनु भएको थियो। साथै पत्रकार एवम् अन्य सदस्यहरूले संस्था संग जोडिएका विविध प्रश्नहरू पनि राख्नु भएको थियो जसको जवाफ अध्यक्ष जीवन केसी र महासचिव पवन खड्का ज्यूले दिनु भएको थियो।


कार्यक्रम को दोस्रो चरणमा संस्थाको तर्फबाट कोषाध्यक्ष अनिल थापा द्वारा आर्थिक विवरण प्रस्तुत गरिएको थियो, जुन उपस्थिति सम्पूर्ण सदस्यको सहमतिमा पारित भएको छ। उक्त कार्यकम मा पेश गरिएको Balance sheet तल क्लिक गरी हेर्न सक्नु हुनेछ।

NRNA POLAND_BALANCESHEET-INCOME-AND-EXPENSES-2022
.pdf
Download PDF • 64KB

यहाँहरुको उपस्थिति र सहयोगको लागि एनआरएनए पोल्यान्ड धन्यवाद व्यक्त गर्दछ।

19 views0 comments
  • Facebook
  • Twitter
  • YouTube
  • Instagram
bottom of page