top of page

"हरेक महिना कम्तिमा एउटा Voivodeship यात्रा"अन्तर्गत सम्पूर्ण नेपालीहरुलाई दीईने परामर्श

Updated: Nov 5, 2023

NRNA पोल्याण्डले यो कार्यकाल देखि पोल्याण्डको हरेक भोइभोडशिपमा बस्ने नेपाली हरुलाई जोड्ने कोसिस गरि रहेको छ । त्यहि क्रममा हाम्रो प्रमुख योजना अन्तर्गत "हरेक महिना कम्तिमा एउटा Voivodeship यात्रा" योजना बनाएका छौ। अधिभेसन सक्किने बित्तिकै यही क्रममा हामि अगस्ट मा wojewoda śląski अन्तर्गत Katowice, Rybnik, Sosnowiec त्यस्तै गरि सेप्टेम्बरमा Tomaszów Mazowiecki, अक्टोबरमा wielkopolska अन्तर्गत poznan मा गएका थियौं र नोभेम्बर को महिने हामी निश्चित रूपमा Bydgoszcz जाँदै छौं ११ तारिक मा र डिसेम्बरमा Gdansk वा Wrocław जाने योजना हुदै छ । यो अभियान मा हामि हरेक क्षेत्रमा कम्तिमा १ जना Volunteer छानी रहेका छौ जसको मद्दतले हामीले नेपालीहरुको दुख, मर्कालाइ सहज रुपमा हामी सम्म स्थानान्तरण हुन सजिलो होस् । हाम्रो यो यात्राको मूल बिसेए भनेकै नेपालीहरुलाई पोल्याण्ड को बारेमा सकभर बुझाउने हो, बिशेष गरि नया हरुको लागि यो यात्राले अझै महत्तोपुर्ण भूमिका खेल्छ। केहि साधारण अनि महत्वपूर्ण बुधागत प्रस्न र त्यसका सहज जबाफ सहित राखेका छौ :


क) पोल्याण्ड मा आउने बित्तिकै के गर्ने ?

- पोल्याण्ड मा आउने बित्तिकै हामीले प्रमुख तय हाम्रो कागजपत्र सहि रुपमा छ कि छैन जाँच गर्नु पर्ने हुन्छ। जस्तै : -

कर्मचारीहरुको लागि वोर्क परमिट :- कुनै पनि कम्पनि मा काम गर्न को लागि यो प्रमुख कागजपत्र हो , भिसा पछिको सबै भन्दा महत्त्वो यसैको हुने गर्छ। जुन कम्पनीको वोर्क परमिट छ सोहि कम्पनी बाहेक अरु कम्पनिमा काम गर्न कानुनी रुपमा मिल्दैन। -रोजगार सम्झौता : वोर्क परमिटकै आधार मा तयार हुने employment contract हो जुन बिभिन्न प्रकारका हुन्छन जस्तै :

१. umowę o pracę, यो खाल को सम्झौता पनि ३ भागमा छन्

umowę o pracę na czas nieokreślony (employment contract for an indefinite period),

umowę o pracę na czas określony (employment contract for a fixed period);

umowę o pracę na okres próbny (employment contract for a trial period.

२. umowę zlecenie (mandate contract)

३. umowę o dzieło (contract for specific work)

त्यस्तै गरि हामी संग होस्टेल , apartment वा कोठाको सम्झौता हुनु पर्छ। यो बाहेक हामीले गर्नै पर्ने भनेको बैंक खाता खोल्ने आफुलाई उपयुक्त बैंकमा।



ख) Pesel कसरि बनाउन सकिन्छ र एसको महत्तो के हो ?

-पेसेल भन्नाले एघार-अङ्कको संख्यात्मक प्रतीक हो जसले यो भएको व्यक्तिलाई सजिलै पहिचान गर्न अनुमति दिन्छ। PESEL नम्बरले जन्म मिति, क्रम संख्या, लिङ्ग र नियन्त्रण नम्बर समावेश गर्दछ। जसलाई social security number पनि भन्न सकिन्छ।

१. पेसेल को लागि तल भएको आबेदन फारम भर्नु पर्छ

Wniosek_o_nadanie_PESEL
.pdf
Download PDF • 1.07MB

२. कुनै पनि कार्यालयमा (जस्तै -Urząd Miasto) आबेदन बुझाउनु पर्छ, पेसेल को लागि निसुल्क आबेदन दिन सकिन्छ।


ग) Family doctor किन बनाउने र यो कसरि बनाउन सकिन्छ ?

-हामीले पोल्याण्ड मा आउने बित्तिकै काम सुरु गरे पछि ZUS मा रजिस्टर भएको हुन्छ Zus भन्नाले सरकारी बीमा कम्पनी मान्न सकिन्छ त्यसमा रजिस्टर भए पछि आफु बस्ने सहरमा नजिकको przychódnia (clinic ) मा गएर आंफ्नो पहिलो डाक्टर वा पारिवारिक डाक्टर बनाउनु पर्ने हुन्छ। यो गर्नाले कुनै समयमा आफुलाई कुनै पनि प्रकारको समस्या परेको बेलामा डाक्टर संग नियुक्ति लिएर जचाउन सकिन्छ। केहि गम्बिर समस्या विशेषज्ञ लाइ देखाउनु पर्यो भने सोहि doctor मार्फत नै skierowania (referrals ) लिएर जानु पर्ने हुन्छ। बिधार्थीको हक मा भने निजि बिमा अन्तर्गत को Family doctor बनाउन सकिन्छ।



घ ) हामीलाई काम गर्दै जादा कार्य सम्झौता, कार्य अनुमति र निवासी कार्ड जस्ता कुराहरु ले के कस्तो खालको महत्त्वो दिन्छ र यो बिना पोल्याण्ड मा रहन लाइ पर्न सक्ने समस्या के कस्ता हुन्छन ?

-वोर्क परमिट, वोर्क contract सोहि कम्पनि को हुन आबस्यक हुन्छ कानुनी रुपमा काम गर्न को लागि र यो कागजपत्र ले महत्तोपुर्ण भूमिका खेल्ने गर्दछ निवासी कार्ड जारि गर्न को लागि। निबासी कार्डले हामीलाइ पोल्याण्डमा बस्न लाई अनुमति दिन्छ भने वोर्क परमिट, वोर्क contract ले हामीलाई सम्बन्धित रोजगारदाता को मा काम गर्न लाइ कानुनी रुपमा अनुमति दिन्छ। labor office inspector ले निरीक्षण को लागि आउदा ति सम्बन्धित कागज भएन भने जेल सजाय, जरिवाना लगाएत बोर्डर गार्डलाई समेत रिपोर्ट गर्न सक्दछन।


ङ) पोल्याण्ड मा अस्थायी निवासी कार्ड, स्थायी निवासी कार्ड, EU-दीर्घकालीन निवासी कार्ड कुन समएमा वा कस्तो परिस्तिथिमा निबेदन दिन सकिन्छ ?

-निबासी कार्ड कुनै पनि बिधार्थी, वा वोर्क परमिटमा, कुनै पनि व्यक्ति हरुले भिसा सक्नु आन्तिम दिन सम्म पनि निबेदन दिन पाउछन। स्थायी निबासी कार्ड को लागि पनि भिसा सकिनु अन्तिम दिन सम्म निबेदन दिन पाउछन् तर निबासी कार्ड निबेदन दिन पाउने निम्न प्रकारका हुन्छन :

पोलिश मूल का व्यक्ति र स्थायी रूपमा पोल्याण्डमा बसी सकेका र लगातार ३ वर्ष देखि पोल्याण्ड मै बस्दै आएका , पोलिश नागरिक संग बिबाह भएको छ र बिना २ बर्सको बिस्राम बिना पोल्याण्ड मा रहेका, शरणार्थी, पूरक सुरक्षा, वा मानवीय कारणले बस्नको लागि अनुमति प्राप्त गरेको हो भने पनि स्थाई निबासी कार्ड निबेदन पाइन्छ ।

त्यस्तै गरि EU-दीर्घकालीन निवासी कार्ड पनि स्थाई निबासी कार्ड जस्तै हो तर यो भने ५ वर्षको हुन्छ र यो कार्ड निबेदन दिन पाउने ब्यक्तिका प्रकार पनि फरक हुन्छ। जस्तै : ५ वर्ष निरन्तर काम गरेर बसेका बिदेसी नागरिकले एस्तो खालको कार्ड निबेदन दिन पाउछन।



च) पोल्याण्ड मा बस्दै जादा कुन समएमा परिवारको सदस्यलाई लेराउन सकिन्छ ?

-यहाँ बस्ने श्रीमान/श्रीमती ले पोल्याण्ड को लागि आवेदन दिन केहि मापदण्ड पुरा गरेको हुनु पर्छ :

* अस्थायी निवास अनुमतिको आधारमा कम्तिमा 2 वर्ष पोल्याण्डमा बसेको हुनुपर्छ

*EU निवास अनुमतिको आधारमा, स्थाई निबासी वा पोलिस नागरिक हुनुपर्छ


छ) बिद्यार्थीहरुलाइ कर, बीमा तिर्नु पर्ने हुन्छ वा चाहिन्छ ?

-कुनै पनि बिधार्थी २६ मुनिका छन भने त्यस्ता बिद्यार्थी लाइ कर तिर्नु पर्दैन तर बिमा भने लगातार आबस्यक हुन्छ, २६ माथिकालाई काम गरि रहेको छन् भने बिमा र कर दुवै तिर्न आबस्यक हुन्छ


ज) tax अनलाइन कसरि आफैले खोल्न सकिन्छ ? tax के हो ? कुन उमेरका व्यक्ति हरुले तिर्न सकिन्छ ?

-Tax हरेक वर्ष हामीले declaration गर्नु पर्ने हुन्छ कर कार्यालयमा तर त्यो अनलाइन पनि गर्न सकिन्छ। २६ वर्ष मुनिका लागि कर तिर्नु पर्दैन तर २६ माथिका लागि कर अनिबार्य तिर्नु पर्ने हुन्छ तर कर कति तिर्ने भन्ने उनीहरुको बार्षिक आम्दानीमा भर पर्छ जस्तै :

12% PLN 120,000 भन्दा कम आयका लागि,

32% PLN 120,000 भन्दा बढिको लागि।

कर को बारेमा थाहा पाउन को लागि कर कार्यालयको वेबसाइटमा हामीले sign up गरेर गर्न सकिन्छ। लिंक:


झ) Zus के हो ? कसरि अनलाइन आफैले हेर्न सकिन्छ ? यसको महत्तो के हो ?

-ZUS लाइ The Social Insurance Institution (ZUS) भनिन्छ र यो सम्पूर्ण कर्मचारीहरु कानुनी रुपमा काम गर्न को लागि Zus मा रजिस्टर भएको हुनै पर्छ। सामाजिक सुरक्षा सुनिश्चित गर्न ZUS तिर्ने पर्ने हुन्छ हरेक महिना, यो तलबबाट कटौती गरिन्छ। सामाजिक बीमामा पेन्सन बीमा, अशक्तता बीमा, बिरामी र मातृत्व बीमा (बिमारि बीमा) र काममा दुर्घटना र पेशागत रोगहरू (दुर्घटना बीमा) समावेश छन्।

Zus पनि आफैले अनलाइन मा हेर्न सकिन्छ, अनलाइन हेर्नाले रोजगारदाताले आफ्नो लागि Zus लगातार रुपमा तिरेको छ कि छैन , कति तिरेको छ आदि जानकारी पाउन लाइ मद्दत पुग्छ। Zus को वेसाइट मा गएर sign up गरेर यो बारेमा पनि जानकारी पाउन सकिन्छ।


विभिन्न खालक सामान्य तर महत्तोपुर्ण कुराहरुको जानकारी हामी पोल्याण्ड बासि सबै नेपाली हरुले बुझ्नै

पर्ने कुरा हरु हुन् र यो बुझाउने कोसिस हाम्रो लगातार हुने नै छ। ई बाहेक पनि भेटघाटको क्रममा प्राय सम्पूर्ण सोधेको कुराहरु वा नबुझेको कुरा , केहि भ्रमित कुराहरुलाई पनि हामीले स्पस्ट पार्ने कोसिस गरि रहेका छौ। हाम्रो यो अभियानले सस्था प्रति सकारात्मक प्रतिक्रया पाएका छौ र आगामी दिनहरुमा पनि यो क्रमलाइ निरन्तर अगाडी बढाउने हाम्रो कोसिस हुने छ। तपाइँहरु संग पनि केहि प्रस्न वा सुझाब छ भने हामीलाई ति कुराहरु उपलब्द गराई सहयोग गर्न सक्नु हुन्छ ।

धन्यबाद !!


177 views0 comments
  • Facebook
  • Twitter
  • YouTube
  • Instagram
bottom of page